skip this

देशमा संस्थागत भ्रष्टाचारले जरो गाडेको छ –सांसद ढकाल

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देशमा संस्थागत भ्रष्टाचारले जरो गाडेको प्रतिनिधिसभा सदस्य हरि ढकालले बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन्।

उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको जिकिर गरे। गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630