skip this farak Kura Pravakar

अफगानिस्तान अपडेट : काबुल पसे तालिबान

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काबुल : अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन्।
आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन्।
सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।
काबुल पस्नुअघि तालिबानहरूले आजै नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्। पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै सहर कब्जा गरेका छन्। अब उनीहरू राजधानी काबुल कब्जा गर्ने उद्देश्यले अघि बढिरहेका छन्।
यसैबीच आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै तालिबानले आफूहरू भिडन्त गर्दै काबुल नपस्ने बताएका छन्। शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको तालिबानको भनाइ छ। साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानको विज्ञप्तिमा उल्लेछ।

nijgadh-supermart-adz1200-630