जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप

वि.सं.२०७८ भदौ २४ बिहीवार ०७:३५

TOKYO, JAPAN - MARCH 31: A group of Women walk along tof the shops street at the entrance of the Famous Asakusa Buddhist temple, a street usually very congested with tourists and residents, in Tokyo, Japan on March 31, 2020. While the number of people infected with Covid-19 is increasing in the Japanese capital, the metropolitan government of Tokyo asks the population to restrict outings until April 12 in order to contain the spread of the virus. Many famous places and generally very frequented by residents and tourists, have become very calm in Japanese capital. Several parks, during this period of cherry blossom, were prohibited from regrouping in order to avoid any risk of spreading the virus in the city. (Photo by DAVID MAREUIL/Anadolu Agency via Getty Images)
प्रवेश पोखरेल
जापान : जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गरेको छ । कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
यही सेप्टेम्बर ३० तारिखदेखि लागु हुने गरी सङ्कटकालको समयावधि फेरि थप गरिएको हो । देशका कूल ४७ प्रान्तमध्ये २१ प्रान्तमा यही सेप्टेम्बर १२ देखि सङ्कटकाल लागू भएको छ । मियागी र ओकायामा प्रान्तमा भने महामारी कम हुँदै गएको ठानेर अर्ध सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी अर्ध सङ्कटकाल लगाइएका १२ मध्ये टोयामा, यामानाशी, एहिम, खोची, सागा र नागासाकी गरी ६ प्रान्तमा भने हालै अर्ध सङ्कटकाल पनि हटाइएको छ । कोरोनाभाइरसको नयाँ नयाँ भेरियन्ट फैलिँदै गएपछि देशका धेरै ठाउँमा सङ्कटकाललाई निरन्तरता दिनुपरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
सङ्कटकाल लागू गरिएको क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि पनि स्थानीय अधिकारीहरूलाई जानकारी दिएर वा अनुमति लिएर मात्रै हिँड्न पाइने व्यवस्था गरिएको छ । अधिकांश पसल तथा कार्यालयहरू बन्द गरिएको छ भने भीडभाड गर्न निषेध गरिएको छ । सरकारको आदेश नमान्नेलाई कडा कारबाहीको चेतावनी पनि दिइएको छ ।
-एजेन्सीको सहयोगमा

वि.सं.२०७८ भदौ २४ बिहीवार ०७:३५