skip this farak Kura Pravakar

टी-ट्वान्टी विश्वकपका लागि कोहलीको कप्तानीमा भारतीय टिम घोषणा

858 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि विराट कोहलीको कप्तानीमा भारतले टिम घोषणा गरेको छ ।
युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताका लागि बुधबार भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो । टिममा रोहित शर्मा उपकप्तान रहेका छन् ।
यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा समेटिएका छन् ।
कोरोना महामारीले भारतबाट सरेको विश्वकप टी-ट्वान्टी क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुदैछ । भारतले विश्वकपको पहिलो खेलमा अक्टोबर २४ मा पाकिस्तानसँग खेल्नेछ ।

nijgadh-supermart-adz1200-630