skip this farak Kura Pravakar

अस्ट्रेलियाको डार्विनमा हुने दसैँ महोत्सवको तयारी पूरा 

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

अस्ट्रेलिया : अस्ट्रेलियाको डार्विन क्षेत्रमा दसैँ महोत्सव हुने भएको छ । नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको आयोजनामा अक्टोबर २ मा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष युवराज पन्तले जानकारी दिए । गैरआवासीय नेपाली संघ अर्दन टेरिटोरीसमेतको सहआयोजनामा हुन लागेको महोत्सवमा नेपाली संस्कृति र सभ्यता झल्काउने प्रस्तुति रहनेछ ।

यस्तै दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूको समेत यो महोत्सवमा प्रस्तुति रहने एनआरएनए नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईँले जानकारी दिए ।

महोत्सवको अन्य आकर्षणका रुपमा सांस्कृतिक नाच, लाइभ म्युजिक जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रहनेछन् भने सरकारी मन्त्री र उच्चपदस्थ पदाधिकारी तथा अन्य देश तथा समूदायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने पन्तले जानकारी दिए ।

यस्तै नेपाली मः मः अस्ट्रेलियामा चिनाउने उद्देश्यले महोत्सवमा मःमको परिकार समेत राखिने भएको छ । फिलिपिनो कम्युनिटी सेन्टरमा हुने महोत्सवलाई स्थानीय सरकारको समेत सहयोग रहेको छ ।

nijgadh-supermart-adz1200-630