skip this

भारतले आज चन्द्रयान–३ मिशन चन्द्रमामा अवतरण गराउँदै

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भारतले आज चन्द्रयान–३ चन्द्रमाको सतहमा अबतरण गराउँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान आज साँझ चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ।

यदि यसो भयो भने भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले आज साँझ ६ः४५ मा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र नजिक सफ्ट ल्यान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

चन्द्रयान–३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा इसरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्याण्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरुको हकमा भारत चौथो देश बन्नेछ।

अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन। जो आज भारतले गर्दैछ ।

nijgadh-supermart-adz1200-630