‘निजगढ सिटी, एभोकाडो सिटी अभियान’ : तीन वडामा बाँडियो २७ सय विरुवा
वि.सं.२०८० भदौ ६ बुधवार ०९:०२

बारा–बाराको निजगढमा सञ्चालित ‘निजगढ सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत हालसम्म २ दुई हजार ७ विरुवा वितरण गरिएको छ ।
जसमध्ये ५ मा एक हजार एक सय १०, वडा नं. ३ नम्बरमा ९ सय र वडा नं. १२ मा ५ सय ३० वटा विरुवा वितरण गरिएको हो ।
टोल विकास संस्था र सामुदायिक वन समुहको सहकार्यमा रविराज दंगाल नेतृत्वको अभियन्ता टोलीले विरुवा हस्तान्तरण गरेको हो ।
वडा कार्यालय, विद्यालय, टोल विकास समिति, वन समुहसँगको सहभागिता स्थानीयलाई विरुवा वितरण गरिएको थियो ।
सिंगौलस्थित वडा नं. ३ का दुई वटा टोल विकास संस्थामा स्थानीय युवराज तामाङको समन्वयमा मंगलबार एक सय ५० घरमा विरुवा वितरण गरिएको हो ।

त्यसअघि निजगढ वडा नं. १२ को पशुपति मन्दिर परिषरमा सोमबार आयोजित विरुवा हस्तान्तरण कार्यक्रम पशुपति सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा सञ्चालन गरिएको थियो । वडा अध्यक्ष ज्ञानबहादुर गोले, वन समुहका अध्यक्ष धनबहादुर खुलाल, अभियानमा राजनीतिकर्मी, विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वको सहभागिता रहेको छ ।
कंक्रिट विकास र कागजी विकासमा मात्र नरुमलिएर स्वच्छ वातावरण, स्वास्थ्य र आर्थिक उपार्जनको लागि दंगालले अभियान थालेका हुन् ।

निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय परिषरबाट शनिबार विरुवा रोपेर शुभारम्भ गरिएको थियो ।
वि.सं.२०८० भदौ ६ बुधवार ०९:०२
















