skip this

स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

अमेरिकी टिकटकर ज्याक राइटले आफ्नी साथी तथा सोसल मिडिया स्टार सिएना मे गोमेजमाथि यौन शोषणको आरोप लगाएका छन् ।

ज्याक र सिएना दुवैको उमेर १८ वर्ष छ र दुवै सामाजिक संजालमा निकै चर्चित छन् । १८ वर्षीय ज्याक राइटले हालै आफ्नो युट्युब च्यानलमा १७ मिनेटको एउटा भिडियो शेयर गरेका थिए जसको शीर्षक थियो ‘सिएना मेले मसँग जे गरिन् ।’ यो भिडियोमा ज्याकले आफ्नी पूर्व मित्र र अनलाइन सहयोगी सिएना गोमेजमाथि यौन शोषणका कैयौं आरोप लगाएका छन् ।

ज्याकले आफूमाथि सिएनाले गरेका यौन उत्पीडनका ४ घटनाबारे बताएका छन् ।

यीमध्ये एउटा घटना अमेरिकाको हवाइमा मे २०२१ मा भएको उनले बताएका छन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा सिएना ज्याक राइटलाई अभद्र तरिकाले किस गरिरहेकी देखिएकी छिन् । यो भिडियोका आधारमा ज्याकले सिएनाले त्यो दिन फाइदा उठाउने कोसिस गरेको आरोप लगाएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार ज्याकले भनेका छन् ‘गोमेजले मेरो फाइदा उठाइन्, नसोधिकन मेरो शरीरलाई छोइरहिन् ।’ ज्याकका अनुसार सिएनाले यो सब त्यतिबेला गरेकी थिइन् जतिबेला उनी एउटा पार्टीमा सोफामा अर्धचेत अवस्थामा थिए । यो कथित यौन उत्पीडनको भिडियोलाई सामाजिक संजालमा ज्याकका एक साथीले शेयर गरेका थिए । यी साथीले घटनाको समय आफू ज्याकको छेउमै भएको दावी गरेका छन् । यी साथीका अनुसार उनैले सिएनाबाट ज्याकलाई अलग गरेका थिए ।

nijgadh-supermart-adz1200-630