skip this farak Kura Pravakar

एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस

693 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सङ्घीय सांसदका ‘फरार सांसद’ लक्ष्मी महतो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाई सजाएँ सुनाए पछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद् सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन्

कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630