skip this

राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्ट पार्नु आवश्यक छ –माधवकुमार नेपाल

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार राष्ट्रिय हित र संविधानको रक्षार्थ उभिनुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेपालले उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्ट पार्नु आवश्यक रहेको जिकिर गरेका छन् ।

उनले राष्ट्रिय हित प्रवर्द्धन गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राख्नु पर्ने उल्लेख गरेका छन् ।अध्यक्ष नेपालले भने, संविधानको रक्षा गर्ने संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्‍यो भनेर मैले भनेको छु। अध्यक्ष नेपालले आफूले राष्ट्रि हितको पक्षमा उभिने व्यक्ति राष्ट्रपति बन्नुपर्ने मत राखेको बताएका हुन्।नेपालले आफू पौडेलको प्रस्तावकसमेत भएको भन्दै राष्ट्र सामु देखिएका चुनौतीको समाधान निकाल्ने बारेमा पनि धारणा राखेको बताएका छन्।

nijgadh-supermart-adz1200-630