उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ– निर्वाचन आयोग
वि.सं.२०७९ चैत २ बिहीवार १४:२८
873
shares

काठमाडौं। उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ।
प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन्।उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।सत्ता गठबन्धनले एक मात्र उम्मेदवार बनाउन छलफल गरिरहेको छ।
वि.सं.२०७९ चैत २ बिहीवार १४:२८
















