सहसचिव झलकराम अधिकारीले गरे अध्यागमन विभागको महानिर्देशककाे पदभार ग्रहण

339 shares

काठमाडौं-नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले अध्यागमन विभागको महानिर्देशककाे पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै अधिकारीले नयाँ तथा फरक भूमिका एवं जिम्वेवारी पाएकाे बताएका छन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट केही समय अगाडि गृहमा सरुवा भएका अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा अगाडि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरेका छन् ।

अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा रहेर काम गरिसकेका छन् ।

कास्कीमा जन्म घर रहेका अधिकारीले पोखरा महानगरपालिका कार्यकारी अधिकृत समेत भइसकेका छन् ।