skip this farak Kura Pravakar

सहकारीको अवस्थाबारेमा बचतकर्ता सचेत हुन आवश्यक : प्रदेश सांसद चौधरी

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेशका सांसद त्रिलोकी प्रसाद चौधरीले सहकारीको अवस्थाबारेमा बचतकर्ता सचेत हुन आवश्यक रहेको बताएका छन् ।

बाराको निजगढ नगरपालिका–५ बागदेवस्थित अ‍ैंचोपैंचो बचत तथा ऋण सहकारी संस्था लि. शनिबार सार्वजनिक माध्यमिक विद्यालय परिषरमा भएको ११ औं वार्षिक साधारणसभा उद्घाटन गर्दैै बारा क्षेत्र नं. १ (क) का सांसद चौधरीले सहकारी संस्थालाई नकारात्मक अवस्थामा पुग्न नदिन बचतकर्ता सचेत हुन आवश्यक रहेको बताएका हसन् ।

‘सहकारीको सकारात्मक पक्ष धेरै भएपनि बचत उठाएर भाग्ने प्रवृति बढेको छ,’ सांसद चौधरीले भने–देशका विभिन्न ठाउँमा यस्ता समस्या भएको खबर आईरहेकाले यसबारेमा बचतकर्ता नै सचेत हुनुपर्छ ।

सहकारीमा देखिएको विकृती समाधानका लागि राज्य लागिरहेको भन्दै सहकारीलाई नकारात्मक हुन नदिन बचतकर्ताले सहकारीको गतिविधिमा निगरानी गर्नुपर्ने र आर्थिक अवस्थाबारेमा चनाखो हुनुपर्ने सांसद चौधरीको धारणा छ ।

उनले सहकारीको वित्तिय साक्षरता बढाउन आवश्यक रहेको भन्दै त्यसका लागि मधेस प्रदेशबाट आवश्यक बजेट ल्याएर भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ सहकारीमार्फत महिला उद्यमशील बनाउन नगरपालिकाले योजना ल्याएको बताईन् । उनले कार्यक्रमको निरन्तरताको लागि कार्यविधिसहित बजेट बिनियोजन गरिएको जानकारी दिईन् ।

निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ

कार्यक्रममा निजगढ नगरपालिकाका योजना तथा सहकारी शाखा प्रमुख अजय कुमार उप्रेती, वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, बकैया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विश्वराज लामा, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरल लगागयतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निजगढ नगरपालिकाका योजना तथा सहकारी शाखा प्रमुख अजय कुमार उप्रेती

कार्यक्रममा कार्यपालिका सदस्य सर्मिला विक, जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारी, जनजागृती सुन्दर सामुदायिक वन समुहका अध्यक्ष जयप्रसाद ढुंगाना, निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शोभा राउत लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतम

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद गौतमले गरेका थिए ।

nijgadh-supermart-adz1200-630