कागेश्वरी मनोहराले जेष्ठ नागरिकलाई घरदैलोमा निःशुल्क स्वास्थ्य उपचार सेवा दिने
२ अर्ब ७ करोड ७० लाख, ७४ हजार बजेट प्रस्तुत
वि.सं.२०७९ असार ११ शनिवार १७:५६

काठमाण्डौ–कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागी कुल २ अर्ब ७ करोड ७० लाख ७४ हजारको अनुमानित आय ब्ययको विवरण पेश गरेकोको छ ।
नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको छैठौ नगर सभाको अविधेशमा वडा नं. १ का वडा अध्यक्ष मुकुन्द गजुरेलले २०७९/८० को नीति तथा कार्यक्रम र अनुमानित आय व्ययको विवरण पेश गरेका थिए ।
नगर अधिवेशनको उद्घाटन सत्रमा सभा अध्यक्ष एवं नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
नीति तथा कार्यक्रमममा शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिईएको छ । व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजेटमार्फत जेष्ठ नागरिकलाई घरदैलोमा निःशुल्क स्वास्थ्य उपचार सेवा दिने उल्लेख छ । त्यसैगरि विद्यालय स्वास्थ्य कार्यक्रमलाई समेत प्राथमिकता दिईएको छ । नगरलाई खेलकुद नगरका रुपमा विकास गर्ने योजना अघि सारिएको छ ।
अधिवेशन बैठकमा विधेक समितिका संयोजक एवं. वडा नं. ७ का अध्यक्ष भिमसेन थापाले नगरपालिकाको खानेपानी तथा सरसफाई विधेयक, २०७९ र नगर शिक्षा ऐन, पहिलो संशोधन विधेयक, २०७९ समेत पेश गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विज्ञप्ती जारी गरेर जानकारी गराएका छन् ।
यस अघि नगर सभा अबिधेशनको उद्घाटन पूर्व गृहराज्य मन्त्री एवं बागमती प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा संविधान सभा सदस्य दिपक प्रसाद कुँइकेल, बागमती प्रदेश सभा सदस्य रामेश्वर फुँयाल तथा मणिराम फुँयाल,नगर उपप्रमुख शान्ता थापालगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
वि.सं.२०७९ असार ११ शनिवार १७:५६

















