skip this farak Kura Pravakar

काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा छैन, अब त्यो गल्ती दोहोर्‍याउँदैनौँ : गगन थापा

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । उनले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे ।

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए । उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे ।

nijgadh-supermart-adz1200-630