skip this farak Kura Pravakar

जब मन्त्री नै ध्यानाकषर्ण पत्रसहित मन्त्रालयमा ‘डेलिगेशन’ गए

शनिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तयारी

9.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । सिंहदरबारमा शुक्रबार रोचक दृष्य देखियो–खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी डेलिगेशन टोलीको नेतृत्व गर्दै मन्त्रालयमा धाईरहेका थिए ।

हातमा तीन पाने ध्यानाकर्षण पत्र बोकेर मन्त्री चौधरी बाराको निजगढका अगुवाहरुसहित पर्यटनदेखि कानुन मन्त्रालयसम्म पुगे । त्यहाँ उनले ध्यानाकर्षण पत्र बाचन गरेर समेत सुनाए ।
प्रतिनिधि सभामा बारा क्षेत्र नं. १ बाट मन्त्री चौधरीको क्षेत्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी तयारी छ । तर जेठ १२ गते सर्वोच्च अदालतले मौखिक आदेशमार्फत विकल्प खोज्न भनेपछि त्यसको विरोध भईरहेको छ ।

मन्त्री चौधरी नेतृत्वको टोलीले सरकारलाई विमानस्थल बनाउन आवश्यक सुझाव समेटेर तयार पारिएको ध्यानाकर्षण पत्र बुझाएको छ । विमानस्थल बनाउन संसदमा समेत पटक–पटक आवाज उठाउँदै आएका थिए ।

मन्त्री भएपछि संसदमा आवाज उठाउन नपाएका चौधरीलाई निजगढमा सत्ता गठबन्धनका नेताहरुले आफ्नो क्षेत्रमा बन्न लागेको राष्ट्रिय गौरबको आयोजना विरुद्ध सर्वोच्चको आदेश आएको अवस्थामा चुप बस्न नहुने भन्दै नेतृत्व लिन आग्रह गरेपछि शुक्रबार विहानैबाट राजनीतिक भेटघाट थालेका छन् ।

टोलीले नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडा पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट भेटघाट प्रारम्भ गरेको थियो । टोलीसंगको भेटमा अध्यक्ष प्रचण्डले विमानस्थल बनाउने प्रतिवद्ध रहेको र पहल भईरहेको भन्दै पहललाई निरन्तरता दिने विश्वास दिलाए ।

अध्यक्ष प्रचण्डलाई भेटेर टोली नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधव कुमार नेपाल भेट्न निवासमै पुगेको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै निर्माणलाई निष्कर्षमा पु¥याउन आवश्यक पहल लिन आग्रह गरेका थिए । नेता नेपालले विमानस्थल क्षेत्रको विषयमा आफु गम्भिर रहेको भन्दै निर्माणको विकल्प नभएको उल्लेख गरे ।

प्रचण्ड र नेपाललाई भेटेर संसद बैठक पुगेका चौधरी त्यहाँबाट फर्केर खानेपानी मन्त्रालयमा पुगे । त्यहाँ पर्खिरहेका टोलीका सदस्यकै अगाडीबाट अन्य मन्त्रीहरुसंग समय लिएर मन्त्रालय पुगे ।
टोली संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय पुग्दा मन्त्री प्रेम आले मन्त्री चौधरीको प्रतिक्षामा थिए । मन्त्रालयमा पुगेका चौधरी नेतृत्वको टोलीलाई मन्त्री आलेले विमानस्थल बनाउन आफु कसरी लागि परेको र के–के समस्य भएको सुनाए । उनले बजेटको प्रवन्ध भएसंगै विमानस्थल बनाउन ठेक्का आह्वान गर्ने बताए । अदालतको मानहानी सहेर भएपनि जनताको पक्षमा काम गर्न आफु प्रतिवद्ध रहेको सुनाए ।

त्यहाँबाट टोली कानुन न्याय तथा संसदीय मन्त्री गोविन्द शर्मा कोईरालाकै कार्यकक्षमा पुग्यो । विमानस्थल क्षेत्रको हालै निरीक्षण गरेर फर्किएका मन्त्री शर्मालाई चौधरीले अवस्थाबारे थप जानकारी गराए ।

ध्यानाकर्षण पत्र बुझेर मन्त्री शर्माले अदालतको आदेशबाट आत्तिन जरुरी नभएको भन्दै विमानस्थल बनाउने विषयमा ढुक्क हुन आग्रह गरे । उनले पूर्णपाठ आइनसकेको र आएपनि विमानस्थल नबन्ने गरि नआउने भन्दै विश्वस्त पारे ।
मन्त्री चौधरी नेतृत्वको टोलीले शनिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तयारीमा छ ।

टोलीमा निजगढका निवर्तमान मेयर सुरेश कुमार खनाल, राखेपका पूर्व सदस्य सचिव युवराज लामा, माओवादी केन्द्रका मधेस प्रदेश सदस्य रविराज दंगाल, बेनीबहादुर मोक्तान, कांग्रे पूर्व महासमिति सदस्य पेमाशिद्धि लामा, मिना लामा, नेपाली कांग्रेस निजगढका सभापति नवराज तिमल्सिना, माओवादी केन्द्रका नगर अध्यक्ष संन्तोष दंगाल, कांग्रेस निजगढका उपसभापति ज्ञानबहादुर गोले, वडा अध्यक्ष सुर्य घलान, पत्रकार महेश्वर अधिकारी लगायत सत्ता गठबन्धमा आवद्ध दलका नगरस्तरिय नेताहरु सहभागि थिए ।

nijgadh-supermart-adz1200-630