skip this

ओली अस्वस्थ ! निवासमै आराम

रुघाखोकीको ज्वरो आएपछि भेटघाट बन्द

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले नेता तथा झापा ५ क का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए ।

रुघाखोकीको ज्वरो आएर ओलीले आज भेटघाट गरेनन् भने अन्य कार्यक्रममा सहभागी भएका छैनन् । आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुनुहुन्छ’, ओलीकाे सचिवालयले जनाएका छन् । ओली बिहीबारसम्म झापामा बस्नेगरी मंगलबार त्यसतर्फ गएका हुन् ।

nijgadh-supermart-adz1200-630