skip this

अरिङ्गालले टोकेर आमाछाेरीकाे मृत्यु

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- सल्यान जिल्लामा अरिङ्गालले टोकेर आमाछोरीको मृत्यु भएको छ।

सोमबार साँझ सिद्धकुमाख गाउँपालिका–१ हामपाल बस्ने २१ वर्षीया सोभा बुढाथोकी र उनकै छोरी ४ वर्षीया प्राप्तीको अरिङ्गालले टोकेर मृत्यु भएको हो।

धान काटी घरतर्फ फर्कने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि श्रीनगरस्थित परोपकार अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि कोहलपुतर्फ लैजाने क्रममा प्राप्तीको बाटोमै मृत्यु भएको हो भने सोभाको मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साथै उनीहरूसँगै आएका सिद्धकुमाख गाउँपालिका–१ हामपाल बस्ने २१ वर्षीय नबिन बस्नेत समेतलाई अरिङ्गालले टोक्दा घाइते भएका थिए। उनको श्रीनगरस्थित परोपकार अस्पताल सल्यानमा उपचार भइरहेको छ।

nijgadh-supermart-adz1200-630