skip this

कार्यदलमा सहमति जुट्न नसकेका विषय शीर्ष तहबाट टुंगिन्छन्

कृष्ण सिटौला, संयोजक, सिट बाँडफाँडसम्बन्धी पाँचदलिय कार्यदल

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कार्यदल संयोजकको जिम्मेवारी पाउनुभएको छ, अब कसरी काम थाल्नुहुन्छ ?

–हामीले आ–आफ्नो पार्टीमा पनि छलफल गर्नुपर्ने हुन्छ । कार्यदलमा बसेर पनि छलफल गर्नुपर्ने हुन्छ । हतार गरेर पनि निर्णय गर्न सकिँदैन, साह्रै ढिलो गर्ने अवस्था छैन । गठबन्धनमा रहेका दलमा मतदातालाई कसरी जोड्ने भन्ने मुख्य विषय हो । कसरी भोटलाई एक पार्टीबाट अर्को पार्टीमा जोड्न सकिन्छ, कुन तरिका अपनाउने भन्ने विषयमा क्रमिक छलफल गर्दै जानेछौँ । र, टुंगोमा पुग्नेछौँ ।

पहिलो बैठकमा के भयो, दलहरुका प्रस्ताव प्रवेश गरे कि ?

–पहिलो बैठकमा कुनै पनि दलहरुबाट सिटबारै दाबी प्रस्तुत भएको छैन । गठबन्धमा रहेका सबै दलले आगामी निवार्चनमा तालमेल गरेरै जाने निर्णय गरेको छन् । तालमेल गरेर जाँदा तालमेलकोे आवश्यकताबारे अवधारणा चाहिन्छ भन्ने विषयमा छलफल प्रवेश गरेको छ ।

तालमेलका प्रारम्भिक आधार के हुन सक्छन् ?

–मुलतः विगतका निर्वाचन नै हुन् । वैशाखको स्थानीय तह निर्वाचन, २०७४ को संसदीय निर्वाचन, तत्कालीन अवस्थामा मतदातामा देखिएको ‘रुझान’ लगायत समग्र विषय तालमेलको आधार हुनेछन् । यसबारे दल र कार्यदमा विस्तृत छलफल हुन्छ ।

सिट सिमित छन्, दलहरुका धेरै दाबी रहने होलान् । तालमेल निकै कठिन छ भनिन्छ नि ?

–कार्यदलले आफ्नो तहमा सुल्झाउन सक्ने विषय सुल्झाउँछ । विषय पेचिलो बनेको अवस्थामा शीर्ष तहमा छलफल हुन्छ र टुंगो लाग्छ ।

कार्यदलमा कहिलेसम्म काम सक्नुहुन्छ ?

–कार्यदललाई समयसीमा नै त तोकिएको छैन । जतिसक्दौ छिटो कार्यदलले टुंगोमा पु¥याउनुपर्नेछ ।
–आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

nijgadh-supermart-adz1200-630