अध्यादेशमार्फत होइन नवनिर्वाचित संसद्बाट समाधान खोजौँ –प्रदीप पौडेल
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:१८
1.53K
shares

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर संसदबाट समाधान खोज्नुपर्ने बताएका छन् ।व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले संसदबाट समाधान खोज्नुपर्ने बताएका हुन् । अध्यादेशमार्फत समाधान खोज्नु गलत रहेको भन्दै उनले नवनिर्वाचित संसदमार्फत खोज्नुपर्ने बताएका हुन् ।
‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् ।
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:१८

















