गजल
वि.सं.२०७९ वैशाख ३ शनिवार १०:४७
4.23K
shares

बालक छँदा खुब नाचिन्थ्यो त्यसपछि छैन
किशोर हुँदा निकै हाँसिन्थ्यो त्यसपछि छैन
युवा रहँदा घुमियो, वनपाखा जताततै
रहरमै सेउला काटिन्थ्यो त्यसपछि छैन
पीरमा डुब्दा अहिले निद्रा लाग्दैन,सायद
कोक्रोमा हुँदा मस्त सुतिन्थ्यो त्यसपछि छैन
अगेना थियो, छेउमा झुम्मिएर जमानामा
हजुरबाको कथा सुनिन्थ्यो त्यसपछि छैन
प्रदूषण बढ्नाले सास फेर्न गाह्रो छ आज
पहिला स्वच्छ सास फेरिन्थ्यो त्यसपछि छैन ।
-निजगढ-५ (बारा)
वि.सं.२०७९ वैशाख ३ शनिवार १०:४७

















