skip this

कविता : न्याय हराएको मेरो देश

4.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सहिदको रगतको मूल्य भएन
सामन्तीहरु फेरि जुरमुराए
गरिबको चुलोमा आगो बलेन।
देश दिवाला बनाई रमझम छ,विकासका हातहरु बेचि,
शोषकत्व मार्ने जहर भएन।

गाउँमा झुपडीहरु उदाङ्गै छन
वर्षा नथाम्ने,बतास नथेग्ने
वास बस्ने टाउको लुकाउने ठाउँ भएन।
पुजीवादी लहर रहेछ,नोटमा भोट किनियो
नसाको मातमा रमाईरा छन रङ्गमन्चमा,
कठै ती सडकेहरु,मन भुलाउने रहर भएन।

बेसाहारा रोडमा भोकै बसिराछन,
पिल पिल आँखा भरी आशु पारी,
लुट्न पाउने खुशीमा उता जुलुस चलिराछ
बिचरा तिनको सहारा कोहि भएन।

बलत्कार बढिराछ,अपराधीलाई सुरक्षा,
उस्तै छ घर देश उस्तै छ दिन रात
फेरि पनि त्यही दिन,के बिहान के बेलुकी
आसा हरायो,
कठै तिनको न्याय पाउने कुनै कानुन भएन।

-खोटाङ,नेपाल

nijgadh-supermart-adz1200-630