skip this farak Kura Pravakar

ईश्वरी सिंहको स्वतन्त्र कविता : स्मृतिमा तिमी

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg
  • ईश्वरी सिंह

हजार जुनि जिउँ झैं लाग्थ्यो
तिमी मेरो साथमा हुँदा,
संसार सबै पाँए झैं लाग्थ्यो
ति तिम्रा आँखामा हेर्दा,

तिम्रो अँगालोको न्यानोपन
तिम्रो स्पर्शको त्यो साथ
सक्दिन मैले कहिलै भुल्न
तिमी सँगको हरेक साथ

राम्रो नराम्रो जे भए नि
माया त थियो मेरो नि
कसैले न बुझेकोमा पिर
तिमिले नबुझ्दा झनै पिर

न तिमिलाइ बिर्सिन सक्छु
न तिम्लाइ पाउन नै
किन माया मार्यौ होला,
त्यही सम्झी भक्कनो पर्छु।

बद्लिने स्वभाव छैन भन्दै
प्रेमको आँसु झारेको थियौ।
प्रेमको डाेरिले बाँध मलाई
भन्दै अँगालो हालेको थियौ।

मेरि प्यारी कान्छी भन्दै
चुम्बनको बर्षा गरेका थियौ ।
श्वासमा श्वास जोडेर सङ्गै
आफू तिर तानेका थियौ ।

छैन तिम्रो लायक भन्दा,
बिश्वास छैन भनी सोध्यौ ।
नगर धेरै माया भन्दा,
घाइते पारी छोडि गयौ ।

राम्रो नराम्रो सबैको हुन्छ
नराम्रो मात्र किन देख्यौ ।
जिन्दगीले अब कता लान्छ ?
म सँग माया किन गाँस्यौ ?

-चितवन

nijgadh-supermart-adz1200-630