स्व. सावित्री सुनुवार स्मृति अनलाइन गजल प्रतियोगिता सम्पन्न

रेखा भईन् प्रथम

513 shares

काठमाडौं– अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल (शाखा) को आयोजनामा शुक्रबार स्व. सावित्री सुनुवार स्मृति अनलाइन गजल प्रतियोगिता सम्पन्न भएको छ ।

गजल प्रतियोगितामा निर्णायकमा बरिष्ठ साहित्यकार/गीतकार कृष्णहरि बराल र युवा गजल अभियन्ता पत्रकार तथा साहित्यकार राजकुमार खड्गा थिए ।

प्रतियोगितामा रेखा पन्त प्रथम, शान्ता खबास दितिय र नवीन यात्री तृतीय भएका छन् ।

कार्यक्रममा उत्कृष्ट सहभागी उत्कृष्ट गजलकारहरुले आ–आफ्नो गजल बाचन गरेका थिए । सहभागी गजलहरु एक महिना अगाडी नै अनलाइन मार्फत मागिएको थियो ।

विजेतालाई अवार्ड र नगद रु ३०,००० प्रथम, अवार्ड र नगद रु १५००० दोस्रो, अवार्ड र नगद रु ५००० पुरस्कार सहित विजयीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी अध्यक्ष युनिका गुरुङ्गको सभापतित्व रहेको थियो ।

कार्यक्रमको अवसरमा आयोजक संस्थाका उपाध्यक्ष सावित्री सुनुवारको श्रद्धाञ्जली तथा शोक सभा समेत गरिएको थियो । उनको असामयिक निधनले साहित्य क्षेत्रमा क्षति पुगेको बताईएको थियो ।