skip this

सहरी विकास मन्त्री चौधरीद्धारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पु¥याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाई छ ।

‘यो २०१८ साल पछिकै ठुलो बाढी हो,’ मन्त्री चौधरीले भने–यसले निकै ठुलो क्षती पु¥याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत् एकद्धार प्रणालीबाट वितरण हुनेछ ।’

सहरी मन्त्री चौधरीले दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए ।

nijgadh-supermart-adz1200-630