भोला चौलागाईंका गजल
वि.सं.२०७८ कात्तिक ६ शनिवार ०८:२६
1.36K
shares

गजल
थोरैमात्र बगैंचा, धेरै त म काँडाघारी देख्छु
केही दानवीर, बाँकी सबैलाई भिखारी देख्छुइमान भाग्दै छ जीवनरक्षाको अभीष्ट बोक्दै
निरन्तर लखेटिरहेको दुष्ट शिकारी देख्छुशासक सत्तामा भुलेर नदेख्ने बने पनि त
म बढ्दै गएको गरिबी र बेरोजगारी देख्छुअब जमाना गयो, रुखको छायामा बसी रम्ने
जताततै सिमेन्टको पिल्लरका छहारी देख्छुसक्कली चिज पाउन कठिन हुन थालेको छ
त्यसैले म हिजोआज नक्कली ब्रह्मचारी देख्छु ।
भोला चौलागाईं
निजगढ – ५ (बारा)
वि.सं.२०७८ कात्तिक ६ शनिवार ०८:२६

















