skip this

नम्रता “निराश्रित” का मुक्तकहरु

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

(१)
आँखालाई माग्न हतार छ, भोकलाई सर्न हतार छ !
इच्छालाई लाग्न हतार छ, प्यासलाई टर्न हतार छ !!

पल्टाउँछु जीवनका पाना तर सबैमा यस्तै लेख्या रै’छ ,
खुसीलाई भाग्न हतार छ, आँसुलाई झर्न हतार छ !!

(२)
सङ्लो पानी बग्ने कलकल धारा देखे पछि !
निलो गगन सफा आकाश सारा देखे पछि !!

टहलिदै यताउता भुल्ने गर्छु उसकै प्यारमा ,
पूर्णिमाको रातमा जून र तारा देखे पछि !!

(३)
आउ नजिक मेरो, खुलेर हाँस्छु सधैं !
आँसु पीडा रोदन, भुलेर हाँस्छु सधैं !!

जिन्दगीको आरोहमा तिम्रो साथ पाउँदा ,
बगैँचाको फूल झैं, फूलेर हाँस्छु सधैं !!

(४)
हिउँद ढाक्ने बर्षा छेक्ने छानो हराउदा !
छाक टार्नु पर्ने आज मानो हराउदा !!

यो “नम्रता” केही दिन यता पागलै भएकी छे ,
उसका अक्षर कोरिएको पानो हराउदा !!

-काठमाडौं

nijgadh-supermart-adz1200-630