किसानहरुलाई बिना व्याज समयअवधि तोकेर कर्जा दिइने छ –नगरप्रमुख महर्जन
वि.सं.२०७९ जेठ २२ आइतवार १२:४६

काठमाडौं । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले किसानहरुलाई बिना व्याज समयअवधि तोकेर कर्जा दिइने बताएका छन । व्यबसायिक किसानहरुले पैसा नभएकै करण रोजगारीको शिलशिलामा बिदेशमा पलाएन हुन नपरोस भनेर गोदावरी नगरपालिकाले यस्तो नीति लिन लागेको उनको भनाई छ । किसानहरुले २५ जनाको समुह अथवा कृर्षि सहकारी मार्फत कृर्षि व्यबसाय गर्ने प्रतिवद्धाता सहित आएमा सहुलियत स्वरुप यस्तो सुबिधा दिन लागिएको मेयर महर्जनको भनाई छ ।
आइतवार आ.व २०७९–८० को सन्दर्भमा गोदावरी नगरपालिकाको पशु शाखा अन्र्तगत कृषि बिकास शाखाको आयोजनामा आयोजित योजना तर्जुमा गोष्ठीमा बोल्दै नगरप्रमुख महर्जनले किसानलाई व्यबसायिक बनाउने राज्यले पनि अनुदान दिनु पर्ने धारणा राख्र्दै उनले भने,‘ कृषकहरु बिदेशमा गएर श्रमिक बन्ने होइन, अव स्वदेशमै कृर्षि व्यबसाय गरेर मालिक बन्ने हो’ । कार्यक्रममा बोल्दै मेयर महर्जनले किसानलाई अनुदान दिदाँ पक्षपात नगर्न कार्मचारीहरुलाई आग्रह समेत गरेका छन ।
वि.सं.२०७९ जेठ २२ आइतवार १२:४६

















