सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा मिश्र नियुक्त
वि.सं.२०८० मंसिर २३ शनिवार १३:१६
969
shares

बारा-बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई नियुक्ति गरिएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको शाखा अधिकृत उमेश दाहालले हस्ताक्षरित महेश कुमार मिश्रलाई मंसिर २२ गते सिम्रौनगढ नगरपालिकामा नियुक्त गरिएको छ।
विगत एक वर्ष देखि पचरौता नगरपालिकामा कार्यरत मिश्रलाई स्थानीय सरकार संचालन ऐन २०७४ को उपदफा ८४ को दफा ४ बमोजिम स्थानीय तहमा कामकाजको लागि सरुवा गरिएको छ ।
नगर सभा विवादित भएपछि नगरपालिकाको कामकाज ठप्प बनाएको छ । पठनपाठन अनिश्चितकालीन बन्द छ ।
वि.सं.२०८० मंसिर २३ शनिवार १३:१६
















