दशैंमा पनि बिरामीकै चिन्ता हुन्छ : मणिश्वर घिमिरे

1.51K shares

बारा–बाराको निजगढको स्वास्थ्यकर्मी हुन्, मणीश्वर घिमिरे । स्वास्थ सेवासंगै लायन्स क्लब र सहकारी संस्थामार्फत समुदायसंग जोडिएका छन् । सेवा शुभारम्भ साकोसका अध्यक्ष समेत रहेका घिमिरे नेपाल बुद्धिजीवी संगठनका निजगढ अध्यक्ष पनि हुन् ।

निजगढ नगरपालिकाका स्वास्थ शाखामा कार्यरत मणिश्वर घिमिरे कार्यालय समयपछि घरमै सञ्चालन गरिएको उमङ्ग मेडिकलमा भेटिन्छन् ।

दशैंसंगै अधिकांश पेशाकर्मी चाडबाडमा रमाइरहदा स्वास्थ्यकर्मी घिमिरे झन् व्यस्त छन् । दशैंसंगै डेड्गु र भाइरल ज्वरोका विरामी बढेका छन् । मेडिकलमा विरामीको घुइँचो छ ।

दशैंमा रमाउने बेला स्वास्थकर्मी घिमिरेलाई भ्याइ नभ्याई भएको छ । बिरामी बढेसंगै नगरपालिकाले प्राथमिक स्वास्थ केन्द्र टिकाको दिनबाहेक खोलिएको छ ।