skip this

बाराको अमलेखगंजमा बस दुर्घटना, १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

3.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६–००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको उनले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

nijgadh-supermart-adz1200-630