मुगु प्रदेशसभा (ख) बाट माओवादीका शाही विजयी
वि.सं.२०७९ मंसिर १० शनिवार १४:५९
1.1K
shares

मुगु-मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् ।
शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन्। शाहीले नेकपा एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।
मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्।
सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।
वि.सं.२०७९ मंसिर १० शनिवार १४:५९

















