skip this

आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस्–खिलराज रेग्मी

894 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कामना गरेका छन्।उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

बडादसैँको अवसरमा दिएका सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

nijgadh-supermart-adz1200-630