ललितपुर महानगरका मेयर चिरिबाबुले लिए शपथ
वि.सं.२०७९ जेठ ११ बुधवार २१:१२
1.58K
shares

काठमाडौँ । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले शपथ लिएका छन् ।
बुधबार ललितपुरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले शपथ खुवाएका हुन् । महर्जनसँगै एमालेबाट उपमेयरमा निर्वाचित मञ्जली शाक्यले पनि शपथ लिएकी छन् ।
महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । उनले व्यञ्जनकारलाई १८ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन् ।
वि.सं.२०७९ जेठ ११ बुधवार २१:१२

















