यस कारण पर्याे एमाले नेता साहविरुद्ध उजुरी: होला त कारबाही ?
असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ
वि.सं.२०७८ चैत १० बिहीवार १४:३२
1.2K
shares

काठमाडौँ। नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन्। नेकपा माओवादीबाट एमाले प्रवेश गरेका शाहविरुद्ध झाले उजुरी दिएकी हुन्।
रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन्। झाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उजुरी दिएकी हुन्।
उजुरीमा हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिन आग्रह गरिएको छ।

वि.सं.२०७८ चैत १० बिहीवार १४:३२

















