दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण
वि.सं.२०७९ असार ७ मंगलवार २१:४५
1.33K
shares

काठमाडौं । दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् ।
उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रशंसा गरेका थिए ।
‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो समयका लागि पोखराको भ्रमणमा पुनः आउनेछु ।’ ब्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका माक्तुमले विराटनगर समेत घुमेका छन् ।
वि.सं.२०७९ असार ७ मंगलवार २१:४५

















