skip this farak Kura Pravakar

रौतहटका सांसद समिर बने मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री

मेयर पदमा पराजित भएका भट्टराई त्यसको पाँच वर्षपछि बने मन्त्री

3.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–रौतहट क्षेत्र नं. ४ ‘क’ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसद युवराज भट्टराई समिर मधेस प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका छन् ।

माओवादी नेतृ सुनिता यादवले सम्हाल्दै आएको मन्त्रालयमा नयाँ गठबन्धन परिवर्तनसँगै सरकार विस्तार गरेका मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सांसद भट्टराईलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री भट्टराईले विहीबार नै पदभार ग्रहण गरेका छन् ।

पहिलो पटक सरकार गठनसँगै मन्त्री बन्ने चर्चामा रहेका भट्टराई छुटेका थिए । माओवादीका पोलिट व्यूरो सदस्य समेत रहेका भट्टराई चन्द्रपुर निवासी हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा त्यहाँको मेयर पदमा पराजित भएका भट्टराई त्यसको पाँच वर्षपछि भएको प्रदेश सभा निर्वाचनमा विजयी भएका थिए । माओवादी मधेस प्रदेश संसदीय दलका उपनेता हुन् ।

माओवादीले सञ्चालन गरेको जनयुद्धकालिन अवस्थामा विद्यार्थी राजनीतिबाट जोडिएका भट्टराई युद्धकालमा छातीमा लागेको गोलीको छर्रा बोकेर हिडेका छन् ।

nijgadh-supermart-adz1200-630