skip this farak Kura Pravakar

कविता : सिन्धु तटमा !

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दिव्य नदीको स्पर्शले आनन्दित हृदय
यिनैको पवित्र जलले सिञ्चित शरीर
चियाइरहेको अग्लो पवित्र कुमुदतिर ढल्किँदै
बगिरहेको जल प्रवाहको सङ्गीतमय नादमा
रमिरहेका थिए एक थान श्वेत वकुलाहरू
जहाँ सुन्दर मिलनको त्रिपुरमा
बगिरहेका थिए हर्षका गङ्गाजल
शान्त थियो हृदय पोखरी
आफ्नै गतिमा प्रवाहित थिइन् सिन्धु
ध्यानमा बसे केही समय शिवको आराधनामा
जलको मृदुल नादमा रमिरहे
समयले उनीहरूलाई ब्युँझाइरह्यो
आफ्ना खुसीहरू झोलाभरी बोकेर फर्किन लाग्दा
अगाडि झलझलाकार शालीग्रामको साक्षातकार हुँदा
खुसी र सद्भावका आँखामा
प्रेमका नुनिला विन्दुहरू पोखिए
हातमा शालीग्राम राखी प्रणाम गर्दै
साधुहरू आफ्नै कुटीतिर लागेका थिए
यो अलौकिक दिन नयाँ वर्ष नजिकिनै लाग्दा उदाएको थियो।

-तुलसीपुर–५ ग लाईन, कृष्णटोल, दाङ

nijgadh-supermart-adz1200-630