सरकारी कर्मचारीका छाेराछाेरी सरकारी विद्यालय पढाउन कानुन बनाउन आवश्यक : सांसद सुस्पा भुजेल
वि.सं.२०७९ माघ २८ शनिवार २२:४४

सिन्धुली-बागमती प्रदेश सभा सदस्य सुष्पा भुजेलले
सामुदायिक विद्यालयप्रति आकर्षण वढाउदै जनप्रतिनिधि, कर्मचारीका छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था आवश्यक रहेकाे बताएकी छिन् ।
सिन्धुलीकाे सदरमुकाममा रहेकाे जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारको ५० औँ स्वर्ण महोत्सवलाई सम्बाेधन गर्दै त्यसका लागि कानुन बनाउन बागमति प्रदेशमा पहल गर्ने प्रतिवद्धता समेत जनाईन् ।

सांसद भुजेलले प्राविधिक विद्यालयलाई गुणस्तरिय वनाउन आईसिटी ल्याब तथा छात्रावासहरूको प्रवन्ध गर्नुपर्ने बताईन् ।
नीतिगत रूपमा नै एक विद्यालय एक खेलमैदान र प्राविधिक डिप्लोमा अध्ययनरत छात्रछात्रालाई ल्यापटपको व्यवस्था गर्न पहल गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरिन् ।
कोल्ड स्टोर निर्माण गर्न पहल गर्ने
सांसद भुजेलले सिन्धुली जिल्लालाई कृषि तर्फ स्वरोजगार मुलक ब्यवसाय बनाउन एक पालिका एक आधुनिक सुबिधा सम्पन्न कोल्ड स्टोर निर्माण गर्न प्रदेश सरकारसँग पहल गर्ने बताईन् ।
विकास खर्च बढाउने
नेकपा माओवादी केन्द्रकि नेतृ समेत रहेकी भुजेलले
संघियताको औचित्यमाथि प्रश्न उठाउनेहरु बलियो गरी जवाफ दिन तत्काल काम थाल्ने बताईन् ।
उनले प्रदेशकाे विकास खर्च बढाएर ८० प्रतिशत पुर्याएर कर्मचारीलाई जवाफदेहि बनाउने याेजना रहेको सुनाइन् ।
वि.सं.२०७९ माघ २८ शनिवार २२:४४
















