गद्य कविता : आएन मेराे पालाे
वि.सं.२०७९ माघ २८ शनिवार २२:१९
1.2K
shares

आएन हजुर
मेरो अझै आएन पालो।।
दुख्छ चर्किन्छ
हेर्नोस घाउ
छ आलो।।
सबै सकिए त
हजुर पछि
आएका पनि।।
किन धोस्नु हुन्छ
अझै छातिमा
भालो।।
भन्नुके पाउनु
हुन्छ मलाई
यसरी तड्पाई।।
छोट्नोस हटाँउनोस
हजुर भित्रको कालो।।
रहर छ बाच्ने
मलाई के उपचार
हुदैन मेरो।।
सकियो छ खुन
सबै लाग्यो आखाँमा
जालो।।

पक्षपात पनि
चल्दो रहेछ
उपचार केन्द्र मा।।
सकियो ढुकढुकी
अब ओढाँउनोस
न टालो।।
-मुलपानी, काठमाडौं ।
वि.सं.२०७९ माघ २८ शनिवार २२:१९
















