skip this farak Kura Pravakar

कान्तिपुर पोल्ट्री फर्मका सञ्चालक पौडेल नेपाल हयाचरी उद्योग संघको कोषाध्यक्षमा निर्वाचित

3.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–७ योजनाटोलस्थि कान्तिपुर पोल्ट्री फर्मका सञ्चालक नवराज पौडेल नेपाल हयाचरी उद्योग संघको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

निजगढ–९ का पोल्ट्री व्यवसायि पौडेल नेपाल हयाचरी उद्योग संघको १७ औ साधारणसभाबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि कार्यसमिति सदस्य थिए ।

बैदेशिक रोजगारीबाट फर्किएर व्यवसायि ऋषी बडालसँग मिलेर वि.स. २०७२ सालमा पोल्ट्री व्यवसाय सुरु गरेका थिए । उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वि.स. २०७६ मा सर्वोकृष्ट उद्यमी राष्ट्रिय पुरस्कार सम्मान गरेको थियो ।

मानन्धरको नेतृत्वमा नयाँ समिति

नेपाल ह्याचरी उद्योग संघको नेतृत्व परिवर्तन भएको छ । ऋषिराम पौडेलको कार्यकाल सकिएसँगै दुई वर्षको लागि लक्ष्मीदास मानन्धर नेतृत्वमा आएका हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, प्रथम उपाध्यक्षमा बलराम किसी, द्वितिय उपाध्यक्ष बलराम सञ्जेल, महासचिव ज्ञानबहादुर विश्वराल, कोषाध्यक्षमा नवराज पौडल, सचिवमा विवेक भट्ट चुनिएका हुन् ।

nijgadh-supermart-adz1200-630