skip this

लगातार दोस्रो जितको खोजीमा नेपाल

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– पाँच टी–२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टी–२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकाल्यो ।

नेपालले तेस्रो खेल १२ भदौमा , चौथो १३ भदौमा र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

nijgadh-supermart-adz1200-630