skip this farak Kura Pravakar

ब्लड क्यान्सर पीडित विनय विकलाई नेपाल विद्यार्थी संघ निजगढले आर्थिक सहयोग

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सलार्हीको बागमती नगरपालिका–११ कर्मैयाका ब्लड क्यान्सर पीडित १४ वर्षिय विनय विकको उपचारका लागि नेपाल विद्यार्थी संघ निजगढले आर्थिक सहयोग गरेको छ ।

स्थानीय कर्मैया माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यालयमा अध्ययनरत विनयको ललितपुरस्थित पाटन अस्पतालमा उपचारत भईरहेको छ ।

उपचार आर्थिक अभाव भएपछि विनय विक अभियान सञ्चालन गरिएको छ । अभियन्ता निकिता लाखेको पहलमा निजगढस्थित नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएर संकलित रकमबाट विनयको उपचारका लागि पाँच हजार पाँच सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन् ।

सहयोग रकम अभियन्ता निकितलाई गौरीशंकर क्याम्पस निजगढ नेविसंघ ईकाई सभापति दावा लामा अनिल र स्ववियू सचिव प्रवना लामा लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेको कार्यक्रमको सहजिकरण नेविसंघ निजगढ नगर सभापति इश्वर सापकोटाले गरेका थिए ।

nijgadh-supermart-adz1200-630