skip this

ठेकेदारी प्रथामा निर्भर हुँदा नेपालको विकासले गति नलिएको हो – जनार्दन शर्मा

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। ठेकेदारी प्रथामा निर्भर हुनुपर्दा नेपालको विकासले गति नलिएको पूर्व अर्थमन्त्री जनार्दन शर्माले टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्र शर्माले नेपालमा पछिल्लो समय जनसहभागितामा नभई ठेकेदारी प्रथामा मात्रै निर्भर विकास प्रणालीका कारण काम समयमै सम्पन्न हुन नसकेको टिप्पणी गरे ।

वित्त क्षेत्रमा बनेका कतिपय नीतिको कार्यान्वयन नहुँदा त्यसले वित्त सहकारीहरूले समस्या निम्तिएको बताएका उनले, श्रम सहकारी मार्फत उत्पादन र विकास निर्माणमा लाग्नुपर्ने तर्क गरे । उनले भने ‘जनसहभागितालाई विकास निर्माणमा सहभागी गरेर सहकार्यमा अगाडि बढाउनुपर्ने हाम्रो ऐतिहासिक शिक्षालाई ग्रहण गरेर आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने नीति निर्माण गर्नुपर्छ । र त्यसलाई कार्यान्वयन गर्न श्रम सहकारी मार्फत उत्पादन र विकास निर्माण काममा सहभागी हुने नीति बनाएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

नेपालमा भएका वित्त सहकारीले लगानीको पचास प्रतिशत उत्पादनमुखी क्षेत्रमा लगाउनु पर्ने नीति कार्यान्वयन नगर्दा सहकारीको क्षेत्र डुबेको उनको तर्क छ । त्यस्तै माओवादी पार्टी भित्रैको बेरोजगारीको अन्त्य गर्न पनि उत्पादनमुखी क्षेत्रमा लाग्नुको विकल्प नभएको उनको भनाई छ ।

nijgadh-supermart-adz1200-630