skip this yams_Max_Hospital.jpeg

फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि न्यू जनजागृतीले जित्यो

ट्राईबेकरमा पानीट्याड्की पराजित

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg
बारा–बाराको निजगढ नगरपालिका–१३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि निजगढ–५ को न्यू जनजागृती युवा क्लबले जितेको छ ।
फ्याफुल्ला फुटबल मैदानमा उपाधिका लागि विहीबार भएको खेलमा निजगढ–११ रतनपुरीको पानीट्याड्की युवा क्लबलाई ट्राईबेकरमा पराजित गर्दै उपाधि चुमेको हो ।
खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राईबेकरमा धकलिएको थियो । खेलमा दबाबमा परेको न्यू जनजागृतीले ट्राईबेकरमा भने नतिजा उल्टाउँदै उपाधिसँगै ५० हजार र र प्रमाणपत्र, ट्रफि हात पारेको छ भने उपविजेता बनेको पानीट्याड्कीले २५ हजार नगद, प्रमाणपत्र र ट्रफिमा चित्त बुझाएको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ, वडा अध्यक्ष गोकुल तिमल्सिना, सुर्य बहादुर थापा मगर, घनश्याम तिमल्सिना, टेकबहादुर थिङ लगायतको उपस्थिति रहेको थियो ।
यसैविच कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रस्ताव गरेर अन्तिम समयमा आमन्त्रण नगरेको भन्दै वडा अध्यक्ष सुर्य घलानले असन्तुष्टि जनाउँदै कार्यक्रममा अनुपस्थित रहे । उनीसँगै उनी निकट जनप्रतिनिधि र नेताहरु समेत कार्यक्रममा सहभागि नभएको पाईएको छ ।
प्रतियोगितामा निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २० वटा क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630