skip this

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । कञ्चनपुरमा बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कञ्जका ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630