आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना
वि.सं.२०७८ माघ २१ शुक्रवार ०७:०२
1.08K
shares

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार ०७:०२

















