एमसीसीविरुद्धको प्रदर्शनमा घाइते एउटा, अर्कैलाई फेसबुकमा श्रद्धाञ्जली !
वि.सं.२०७८ फागुन १२ बिहीवार १९:१४

काठमाडौं । बिहीबार काठमाडौंमा एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको अपरेसन गर्ने तयारी भएको छ ।
उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने प्रहरीले जनाएको छ ।

आज नयाँ बानेश्वरको विजुलीबजार क्षेत्रमा भाग्ने क्रममा २६ वर्षीय अवस्थीको टाउको चोट लागेको थियो । प्रत्यक्षदर्शीकाअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।
अर्कैलाई श्रद्धाञ्जली
सामाजिक सञ्जालमा भने अर्कै हेमराजलाई श्रद्धाञ्जली दिईएको पोष्ट आईरहेको छ । अनेरास्ववियू (क्रान्तिकारी) शुप बिश्वविद्यालय (कृषि जे .टि. ए) का अध्यक्ष हेमराज अवस्थिले स्टाटस् लेखेर आफ्नो फोटो राखेर श्रद्धाञ्जली दिएकोमा दुख व्यक्त गरेका छन् । उनले भनेका छन्–भ्रमित समाचार नगर्न हुन अनुरोध गर्दछु । मेरो नाम को मान्छे हो म स्वस्थ रहेको जानकारी गर्दछु ।
त्यस्तै प्रविन कार्कीले पनि फेसबुकमा हेमराजको फोटो राखेर आज घाईते भएको उहाँ होईन, कृपया भ्रममा नपरौं ! घाईते हेमराज अवस्थि अर्कै साथि हुनुहुन्छ, हामी बुझिरहेका छौं– उहाँको हुनुहुन्छ ? जो र जुन पार्टीको भएपनि शिघ्र स्वास्थ्यलाभको कामना ! भनेर लेखेका छन् ।
वि.सं.२०७८ फागुन १२ बिहीवार १९:१४
















