skip this

बानेश्वरमा गोली लागेर मृत्यु भएको भनिएका व्यक्ति कन्चनपुरमा ज्युँदै

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । एमसिसिको विरोधमा विहिबार प्रहरीको गोली लागेर मृत्यू भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त भैइरहेकाछन् ।

प्रहरीको आक्रमणबाट एक जना प्रर्दशनकारी युवाको टाउकोमा गम्भिर चोट लागेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको खबर प्राप्त भएको छ ।

गोली लागेर मृत्यू भएको भनेर सामाजिक सञ्जालमा पोष्ट भएको श्रद्धान्जली गलत भएको भन्दै कन्चनपुरका हेमराज अवस्थीले भ्रम नफैलाउन अनुरोध गरेकाछन् ।

सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त गरिएको तस्विर बानेश्वरमा गोली लागेका व्यक्तीको नभएर कन्चनपुरका हेमराज अवस्थीको भएको खुलेको छ ।

बानेश्वरमा प्रहरीको गोली लागेका व्यक्ती भने डडेल्धुराको नवदुर्गा गाउँपालिका वडानं ०५ का हेमराज अवस्थी रहेको छन् ।

विष्टका अनुसार घाईते भएका अवस्थीको अहिले ट्रमा सेन्टरमा उपचार भैइरहेको छ ।

 

अवस्थी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहेकाछन् ।

यसैविच अखिल क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष पन्चा सिहंले मानविय संवेदना ख्याल गर्न अनुरोध गरेकीछन् । उनले लेखेकिछिन्, ‘मानवीय समवेदनाको ख्याल गरौ । घाइते हेमराज अवस्थिको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा फोटो हालिएको ब्यक्ति फरक भएको कुरा जानकारी गराउदछु ।’

 

nijgadh-supermart-adz1200-630