नागढुंगामा पहिरो, काठमाडौँ प्रवेश गर्ने सयौँ गाडीले सडक जाम
वि.सं.२०७८ भदौ १४ सोमवार ०७:३९
807
shares

काठमाडौँ : काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ ।
नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो ।
पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ गाडीको लाइन लागेको नागढुंगा प्रहरीले जनाएको छ । पहिरो पन्छाउन डोजर परिचालन गरिसकिएकाले केही घण्टामा सडक खुला हुने प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार ०७:३९

















